logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • निस्दी गाउँपालिकामा स्नातकोत्तर उत्र्तीण महिला सम्मानित

    निस्दी गाउँपालिकामा स्नातकोत्तर उत्र्तीण महिला सम्मानित

    2.7K
    Shares
    निस्दी गाउँपालिकामा स्नातकोत्तर उत्र्तीण महिला सम्मानित

    पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाले स्नातकोत्तर तह उत्र्तीण महिलालाई सम्मान गरेको छ । पालिकाले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पालिकाभित्रका स्नातकोत्तर तह उत्र्तीण दश जना महिलालाई सम्मान गरिएको हो । नगद रु पाँच हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए ।

    पाल्पाकै दुर्गम र विकट क्षेत्र मानिने निस्दी गाउँपालिकामा मगर समुदायको बाक्लो बसोबास छ ।

    पालिकाभित्रका महिलालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न र बीचमै कक्षा छाड्ने दर घटाउन स्नातकोत्तर तह उत्र्तीण महिलालाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन् ।

    “अझैपनि गाउँघरमा महिला शैक्षिक क्षेत्रको माथिल्लो तहसम्म पुग्ने कम छन्, महिला शिक्षित भएमात्रै घरपरिवार, समाज शिक्षित बन्छ, त्यसकारण महिलालाई शिक्षामा हौसला बढाउन सम्मान कार्यक्रम आयोजना गरेका हौँ”, उनले भनिन् ।

    ग्रामीण भेगमा बालविवाह व्याप्त छ । उमेर नपुग्दै विवाह गर्ने, बीचमै कक्षा छाड्ने प्रवृत्तिको अन्त्यका लागि यस्ता प्रोत्साहनमूलक कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend