logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ‘८ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउँछौं ‘

    ‘८ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउँछौं ‘

    1.2K
    Shares
    ‘८ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउँछौं ‘

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस अवसरवादी पार्टी नभएको बताएका छन् । राष्ट्रपति निर्वाचनपछि संसद भवनमा सञ्चारकर्मीसँग उनले ८ दलीय गठबन्धन अगाडि बढ्ने बताए । ‘नेपाली कांग्रेस पार्टी अवसरवादी पार्टी होइन । हामीले बोलेपछि पुरा गर्छौँ । आठ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउनुपर्छ ,’ उनले भने ।

    संविधानको धारा ७६ को उपधारा ३ मा गएर संसदको पहिलो दलको हैसियतले प्रधानमन्त्री बन्न खेलमा कांग्रेस नलाग्ने उनको भनाइ छ ।

    सरकार फेर्ने खेलमा नलाग्ने भन्दै जनताको समस्या समधान गर्नतिर ध्यान दिने महतले बताए । उनले भने, ‘जनताले सुशासनको अपेक्षा गरेका छन् । आर्थिक मन्दी छ । जनता अप्ठ्यारोमा छन् । साना लगानीकर्ता मारमा छन् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend