काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध नेकपा एमालेले उजुरी दर्ता गरेको छ। सत्ता गठबन्धनका तर्फबाट यादव उपराष्ट्रपतिको उम्मेदवार बनेका हुन्।
एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल पुरुष र खस आर्य समूदायबाट भएकाले अब महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै उजुरी हालेको हो।
‘नयाँ संविधानको व्यवस्था तथा आयोगको निर्णयविपरित तथा विगतको दुवै निर्वाचनमा स्थापित अभ्यास र संविधानको व्यवस्थालाई बेवास्ता गरी रामसहाय यादवको उम्मेदवारी परेकाले’ एमालेको उजुरीमा उल्लेख छ। उपराष्ट्रपतिका लागि ४ जनाको उम्मेदवारी परेकोमा यादवमात्रै पुरुष उम्मेदवार बनेका हुन्।
एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जसपाबाट प्रमिला यादव र जनमतबाट ममता झाले उम्मेदवारी परेको हो।