logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • नेपालले ६ विकेट गुमाउँदै २०४ रन जोड्यो

    नेपालले ६ विकेट गुमाउँदै २०४ रन जोड्यो

    1.3K
    Shares
    नेपालले ६ विकेट गुमाउँदै २०४ रन जोड्यो

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध छैठौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ४२ औं ओभरको दोस्रो बलमा नेपालले छैटौं विकेट गुमाएको छ ।

    आरिफ शेख ४३ रन बनाएर रोहन मुस्तफाको बलमा क्याचआउट भएका छन् । उनले ५२ बलमा ५ चौका प्रहार गरे । यसअघि कप्तान रोहित कुमार पौडेल ३८औं ओभरको तेस्रो बलमा आउट भएका हुन् ।

    रोहितले ७७ रन बनाएर आउट भए । उनलाई यूएईका आयान खानले क्याच आउट गराए ।

    नेपालले ४५ ओभरको समाप्तिमा ६ विकेट गुमाएर २०४ रन बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend