काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले जनयुद्धको घाटी रेट्न नपाइने टिप्पणी गरेका छन् । माओवादी धारको पत्रकार सम्मेलनमा बोल्दै साहले जुन आमाको दूध खाने त्यहीँ आमालाई घाटी रेटे जस्तो भएको बताए ।
‘यो देशलाई यहाँसम्म ल्याउने शान्ति सम्झौता हो । शान्ति सम्झौताको बेसमा संविधान बनेको हो, साहले भने, ‘गणतन्त्रको लाभ लिने गणतन्त्रबाट असर लिने अनि जनयुद्धको विरोध गर्न मिल्छ ? जनयुद्धबाट लाभ लिने उपयोग गर्ने र जनयुद्धलाई विरोध गर्न मिल्दैन । जुन आमाको दुख खाने त्यहीँ आमाको घाटी रेटे जस्तो भएन ’ जनयुद्धकालीन मुद्दाको कुरा गर्ने हो विद्रोही पक्ष पीडित हुने भएकाले सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत निरुपण हुनुपर्ने साहले बताए ।
बृहत् शान्ति सम्झौता राज्यले पालना गर्ने दायित्वभित्र सहले बताए । राज्यको सर्वोच्च इकाई सर्वोच्च अदालत भएकाले शान्ति सम्झौता मर्मलाई ख्याल गर्नुपर्ने बताए ।