logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • तीन लाख ३५ हजार भारतीय रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट दुई अमेरिकी पक्राउ

    तीन लाख ३५ हजार भारतीय रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट दुई अमेरिकी पक्राउ

    611
    SHARES
    तीन लाख ३५ हजार भारतीय रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट दुई अमेरिकी पक्राउ

    काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ तीन लाख ३५ हजारसहित दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरूलाई सोमबार ९हिजो० दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा अमेरिकी नागरिक ६९ वर्षीय थुप्तेन ग्लेक ल्हास्वा र ५९ वर्षीया काल्साङ छोदोन छन् । प्रहरीका अनुसार उनीहरू भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका थिए ।

    विमानस्थलको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा थुप्तेनको झोलाभित्र भारतीय ५०० दरका ३०० थान र काल्साङको झोलाभित्र ५०० दरका ३७० थान भारु फेला पारी दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend