logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • विराटनगरमा एकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित

    विराटनगरमा एकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित

    689
    SHARES
    विराटनगरमा एकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित

    विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा चार हजार भन्दा बढी लाभान्वित भएका छन् । गएको माघ २९ गतेदेखि सुरु भएको एकमहिने शिविरमा चार हजार ८४ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए।

    विराटनगर वडा नं १८ बाट सुरु भएको शिविर सोमबार वडा नं १९ मा पुगेर समापन भएको थियो । स्वास्थ्य लाभ लिनेमा पुरुषभन्दा महिला बढी अर्थात् दुई हजार चार सय ४५ महिला र एक हजार चार सय ३४ पुरुषले स्वास्थ्य जाँच गराएका थिए । उपचारतमध्ये एक हजार एक सय ७६ ले भिडियो एक्स–रे, पाँच सय ३५ले इसिजी, आठ सय ३०ले ल्याब सेवा र छ सय ५० जनाले भिआइए (पाठेघरको जाँच) गराएका थिए ।

    शिविरमा कोसी अस्पताल, विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज, क्षयरोग निवारण संस्थालगायतका प्राविधिक टोलीले सहयोग पु¥याएका थिए । समापन समारोहमा महानगरका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले स्वास्थ्यमा दक्ष जनशक्तिको व्यवस्था गर्न महानगर लागिपरेको सुनाए।

    एकीकृत स्वास्थ्य शिविरका विषयमा महानगरवासीबाट राम्रो प्रतिक्रिया आएको महानगर प्रमुख कोइरालाको भनाइ थियो । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग, हाडजोर्नी, छालारोग, फिजिसियनलगायतले सेवा प्रवाह गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend