logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट

    बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट

    2.6K
    Shares
    बीपीडब्लू लघुवित्तको आईपीओ बाँडफाँट

    काठमाडौँ । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले यहीँ फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको ८० हजार ९५० कित्ता सेयरको शुक्रबार बाँडफाँट भएको हो ।

    गोलाप्रथामार्फत भएको सेयर बाँडफाँटमा ८ हजार ९५ जना आवेदकले १०/१० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । बाँकी १४ लाख ५१ हजार ६८९ जना आवेदकहरुको हात खाली हुन पुगेको छ ।

    कम्पनीको सेयरका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ हजार ५०६ जनाको आवेदन रद्द भएको छ । बीपीडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता सेयर बिक्री गरेको थियो । जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुने ९७ हजार कित्ता सेयरमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेर बाँकी रहेको कित्तामध्ये १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend