logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक

    चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक

    2.2K
    Shares
    चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ज्याकी आइएम २१ को गीत कथा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता धिरज मगरले गीत र फिल्मको सुटिङमा सबैले धेरै नै मेहनत गरेकाले राम्रो चलचित्र बनेको बताए ।

    उनले विगतमा झैँ यस फिल्ममा पनि दर्शकहरुले साथ र सहयोग गरी मन पराउनेमा विश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री जसिता गुरुङले मेहनतको फल मिठो हुने र त्यो हेर्न अब लामो समय कुर्नु नपर्ने बताइन् ।

    गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर छ भने किरण थापको संगीत रहेको छ । फिल्ममा भने धिरज मगर र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजाु भुजू, सुजाता राई, सूर्यमान लिम्बू, विकास जोशी, रिजोन परियार, सुशान्त गौतम र नारायणदेवी प्रधान र प्रदीप लामा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र वैशाख २१ गतेदेखि देशभर प्रदर्शन हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend