विराटनगर । एमाले निकट अनेरास्ववियूले विभिन्न ५ बुँदे माग राख्दै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको छ। अनेरास्ववियूले शनिबार महेन्द्र मोरङको निर्वाचन समितिको गेटमा तालाबन्दी गरेको हो।
नर्सिङ क्याम्पस लगायतका क्याम्पसहरुमा नेविसंघको तालाबन्दी र महेन्द्र मोरङमा निर्वाचन समितिको लापरबाहीपूर्ण क्रियाकलापले गर्दा अनिश्चितकालीन तालाबन्दी गरिएको अनेरास्ववियूका मोरङ जिल्ला अध्यक्ष तुलसी पोखरेलले बताए।
उनले माग सम्बोधन नहुन्जेल तालाबन्दी फुकुवा नगरिने जानकारी दिए। उनले भने, ‘क्याम्पसमा एकपक्षीय रुपमा निर्वाचनका कार्यक्रमहरु गर्न थालिएपछि हामीले आपत्ति जनाएका हौं। माग सम्बोधन भएपछि मात्र ताला खोल्छौं।’
क्याम्पस प्रमुख बाबुराम तिमल्सिनालाई ज्ञापन–पत्र बुझाउँदै अनेरास्ववियूले आफ्नो ५ बुँदे माग अघि सारेको छ। अनेरास्ववियू (एमाले) ले मतदाता नामावलीको नाम छ मतदाता नामावलीको नाम छानबिन गर्नुपर्ने, क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई अनेरास्ववियूमा नलाग्न धाकधम्की दिएकाले त्यसको छानबिन हुनुपर्ने, न्यूनतम शूल्कमा फर्जी विद्यार्थीहरुलाई भर्ना गराइ क्याम्पस प्रशासन स्वयम् नेविसंघको पक्षमा उभिएकाले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, आम सहमतिको आधारमा निर्वाचनको वातावरण बनाउनुपर्ने तथा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने माग गरेको छ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend