logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई

    कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई

    2K
    Shares
    कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ ।

    कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो । सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पुर्याइएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवि कुमारीको पूजा हुने, एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्याउने परम्परा छ ।

    सोही परम्पराअनुसार आज राष्ट्रपति निवास शीतल निवासमा कुमारी घरका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसमक्ष पहिलोपल्ट कुमारी घरको प्रसाद पुर्याएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend