logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • चलचित्र कलाकार संघका अध्यक्षको आरोप : नेतृत्वका लागि उठेका उम्मदेवार कुर्सीमा सिमित छन्

    चलचित्र कलाकार संघका अध्यक्षको आरोप : नेतृत्वका लागि उठेका उम्मदेवार कुर्सीमा सिमित छन्

    2.7K
    Shares
    चलचित्र कलाकार संघका अध्यक्षको आरोप : नेतृत्वका लागि उठेका उम्मदेवार कुर्सीमा सिमित छन्

    काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले कलाकार, कलाकार संघ र नेपाली समाजबीचको त्रिकोणात्मक सम्बन्ध नराम्रो बन्दै गइरहेको भन्दै आपत्ति जनाएका छन् । शनिवार काठमाडौंमा जारी नेपाल चलचित्र कलाकार संघको १९ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले कलाकारहरु समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन कलाकार, कलाकार संघ र नेपाली समाजबीचको सम्बन्धका कारण सक्षम भएपनि बिस्तारै सबैले आफ्नो भुमिका बिर्सिंदै गएको बताए । उनले कलाकार, कलाकार संघ र समाजबीच पछिल्लो समय दरार उत्पन्न भइरहेको भन्दै सबै मिलेर यसलाई समाधान गर्नुपर्ने बताए ।

    उनले भने, ‘नेपाली चलचित्रका कलाकारहरु समाजमा आफ्नो गरिमामय उपस्थिति जनाउन यसकारण सक्षम भएका हुन्, त्यसको पछाडि त्रिकोणात्मक सम्बन्धले काम गरेको थियो । कलाकार, कलाकार संघ र नेपाली समाज नै त्रिकोणात्मक सम्बन्ध हुनुपर्छ । जति यसमा त्रिकोणात्मक सम्बन्ध हुन्छ, त्यति धेरै राम्रो काम गर्न सकिन्छ । पछिल्लो समय यसमा केही दरार देखिएको छ । त्रिकोणात्मक सम्बन्धलाई यथासक्दो ढंगले अघि बढाउन सक्नुपर्छ ।’

    त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष एवं नेपाल चलचित्र कलाकार संघका निःवर्तमान अध्यक्ष नवल खड्काले राष्ट्रिय चलचित्र नीतिको कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले चलचित्र सम्बन्धी कानून बनाउन नसकेको भन्दै आपत्ति जनाए ।

    त्यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिलेको नेतृत्वका लागि दाबेदारहरु कुर्सीका लागि मात्रै आएको आरोप लगाए । उनले नयाँ आउने नेतृत्वलाई आफ्नो अभाव खड्किन नदिनेगरी काम गरेर देखाउन आग्रह गरे ।

    उनले भने, ‘तपाईहरुलाई च्यालेन्ज हो आज जो जित्नुहुन्छ विचार गर्नुहोस्, रविन्द्र खड्काको अभाव कतै खड्किन नदिनुहोला । जोसुकै आएपछि अहोरात्र खटिनुहास् । अहिलेको आउने नेतृत्व कुर्सीको लागि आउनुभएको छ ।’

    त्यस्तै महासचिव पदका उम्मेदवार सविन श्रेष्ठले आफूले जितेपछि कलाकार संघमा रोकिएका कामहरुलाई तिब्र गतिमा अघि बढाउने बताए । उनले अबको नेतृत्वका लागि दुवै प्यानल सक्षम भएपनि जितेपछि चलचित्र विकासका लागि काम गर्नुपर्ने बताए ।

    त्यस्तै कलाकार सुशील पोखरेलले कलाकार संघले सबैको सहयोग गर्नुपर्छ भनेर कल्याण कोष खोलेपछि वास्तविक पीडित कलाकारहरुलाई आवश्यक सहयोग गर्न नसकिरहेको गुनासो गरे । उनले अहिलेको श्रोत, साधनले मात्रै कलाकारहरुको सहयोग नपुग्ने तर काम जारी रहेको बताए ।

    त्यस्तै नेपाल चलचित्र कलाकार संघमा स्वतन्त्र महासचिवमा उम्मेदवारी दिएका उत्तम केसीले कलाकाकर पार्टीको हुनु नहुने बताए । उनले कलाकारहरु विभाजित बन्नु नहुने र कलाकारहरुलाई संघले एकतावद्ध गर्नुपर्ने बताए ।

    उनले भने, ‘कलाकार पार्टीको हुनुहुँदैन, कलाकार विभाजित हुनु हुँदैन, कलाकार संघले अहिलेसम्म लागेका कलाकारहरुलाई कलाकार संघले एकतावद्ध गर्न सकेको छैन । संघमा बेथिति, विसंगति छ, यसकाबिरुद्धमा म लागेको हो । सबै कलाकारलाई संघले समेट्न सकेको छैन। पुराना र नयाँ कलाकारबीचमा भेदभाव छ ।’

    उनले चलचित्र कलाकार संघमा बेथिति, विसंगति रहेकाले त्यसको बिरुद्धमा आफू रहेको बताए । उनले नयाँ र पुराना कलाकारबीचमा रहेको भेदभावलाई हटाउनुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend