logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    राष्ट्रपति पौडेलद्वारा कारगेटविना नै कुमारी घरको दर्शन

    राष्ट्रपति पौडेलद्वारा कारगेटविना नै कुमारी घरको दर्शन

    2.7K
    Shares
    राष्ट्रपति पौडेलद्वारा कारगेटविना नै कुमारी घरको दर्शन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारगेट नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा पुगेका छन् । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् ।

    कारगेटविनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे । त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् । राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेट विना नै सवार भए ।

    राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उनको आलोचना गरिएको थियो । उनि गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend