logo

२०८० फाल्गुन १२ शनिबार

logo
  • शनिबार, १२ फाल्गुन २०८०
  • सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक समितिमा पठाएर छलफल हुनुपर्छ : प्रमुख सचेतक गिरी

    सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक समितिमा पठाएर छलफल हुनुपर्छ : प्रमुख सचेतक गिरी

    2.6K
    Shares
    सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक समितिमा पठाएर छलफल हुनुपर्छ : प्रमुख सचेतक गिरी

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन् । शनिवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए । उनले यसलाई टुंगोमा पुर्याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याए । विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालीरहेको भन्दै उहाँले संसदबाट हतारका साथ पारित गरेर जानु नहुने बताए ।

    उनले भने, ‘यो विषय यहाँ पेस भइसकेपछि यसमा विभिन्न ढंगले छलफल हुन्छन्, संशोधन हुन्छ, त्यसमा छलफल हुँदै जान्छ । तर समितिमा गएर व्यापक रुपले छलफल गरेर यसलाई टुंगोमा पुर्याउनुपर्छ । संसदबाट हतारका साथ पारित गरेर जानु हुँदैन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यसमा विशेष जोड दिएर गम्भीर बनेर जानुपर्छ ।’

    प्रमुख सचेतक गिरीले आईतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताए । उनले बैठकमा नेकपा एमालेले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताए । उनले सो विषयमा आईतवार साढे १० बजे काँग्रेसले बैठक बसेर यस बारेमा आफ्नो धारणा राख्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बताएको जानकारी गराए । प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली अहिलेसम्म संसदमा पेस हुन नसक्दा संसदीय समितिहरु र अन्य काम कारबाहीहरु अघि बढ्न नसकेको बारेमा पनि बैठकमा छलफल भएको बताए । उनले संसदीय गतिविधिलाई मध्यनजर गरी आईतवारको संसद बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताए ।

    उनले भने, ‘सिट व्यवस्थापनको विषयमा छलफल भयो । नेकपा एमालेले हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा छौँ, त्यही हिसावले सिट व्यवस्थापन हुनुपर्छ भनेर माग गरेका छौँ । नेपाली काँग्रेसका रमे लेखकज्युले भोलि नै यो विषयमा साढे १० बजे बैठक बस्छौँ, त्यसपछि हाम्रो धारणा सार्वजनिक गर्छौं, भोलि बैठक १ बजेपछि हुने भएकाले साढे १० बजे नै बैठक बसेर धारणा बाहिर ल्याउँछौँ भन्नुभएको छ । अर्को कुरा प्रतिनिधि सभा नियमावली अहिलेसम्म संसदमा पेस पनि भएको छैन, छलफल पनि भएको छैन, संसदका समितिहरु बन्न नसक्ने र अरु कामहरु पनि अघि बढ्न नसकेको अवस्था छ । भोलि नै पेस गर्ने, छिटो भन्दा छिटो अघि लैजाने कुरालाई मध्यनजर गरी भोलि नै पेस गर्ने सहमति गरेका छौँ ।’

    प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली पारित नहुँदा महत्वपूर्ण विधेयकहरु अड्किएकाले यसलाई चाँडो भन्दा चाँडो अघि बढाउनुपर्ने बताए ।

    संसदलाई बढी भन्दा बढी बिजनेस दिनुप¥यो भन्नेकुरा भएको छ । भालिको संसदमा केही महत्वपूर्ण विधेयक आउँछन्, त्यसलाई अघि बढाउनुपर्छ । व्यक्ति बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अघि बढ्दैछ, संवैधानिक परिषद्को कार्यविधि सम्बन्धी विधेयक अघि बढ्दैछ, प्रतिनिधि सभा नियमावलीलाई संद्धान्तिक छलफल गरी संशोधन आह्वान गर्नेकुरा भएको छ । बेपत्ता व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा राजनीतिक दल विशेषको विषय होइन, यो राष्ट्रिय विषय हो । राजनीतिक दलका विषयमा मतान्तर छैनन् । कुनै विषयवस्तुमा कस्तो गर्ने भन्ने विषय छन्, त्यसमा छलफल गर्न सकिन्छ ।

    गठबन्धनको संस्कृतिलाई नै अघि बढाउनुपर्छ, यसमा कुनै विकल्प छैन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend