logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • सहिद स्मारक ए डिभिजन लिगमा पुलिसलाई पहिलो अंक

    सहिद स्मारक ए डिभिजन लिगमा पुलिसलाई पहिलो अंक

    2K
    Shares
    सहिद स्मारक ए डिभिजन लिगमा पुलिसलाई पहिलो अंक

    काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग– २०७९ मा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा शनिबार पुलिस र न्यु रोड टिम (एनआरटी) को खेल १–१ को बराबरीमा सकिएको हो ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दुवै टोलीले दोस्रो हाफमा १–१ गोल गरे । एनआरटीले खेलमा सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पहिलो जितबाट बन्चित भयो । खेलको ६५ औं मिनेटमा एनआरटीका लागि संजिव विष्टले गोल गरेका थिए । पुलिसका गोलरक्षक संजित श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र क्लियर गर्न खोजेको बलमा राम्रो नियन्त्रण हुन नसक्दा संजिवले खाली पोस्टमा सहजै गोल गरे ।

    पहिलो जितको खोजीमा रहेको एनआरटीले ७७ औं मिनेटमा गोल खान पुग्यो । पुलिसका प्रताप गुरुङले फ्रिकिकमा सिधै गोल गर्दै पुलिसलाई बराबरीमा ल्याएका थिए । उनले बायाँ विंगबाट झन्डै २५ यार्ड टाढाबाट फ्रिकिक सिधै गोल गरेका थिए ।

    यस नतिजासँगै पुलिसले ५ खेलमा १ अंक जोडेको छ । पुलिस पुछारमा रहँदा एनआरटी १३ औं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend