logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    नेपालको आर्थिक क्रान्तिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण हुनुपर्छ : ज्ञानेन्द्र कार्की, व्यवसायी

    नेपालको आर्थिक क्रान्तिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण हुनुपर्छ : ज्ञानेन्द्र कार्की, व्यवसायी

    6.3K
    Shares
    नेपालको आर्थिक क्रान्तिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण हुनुपर्छ : ज्ञानेन्द्र कार्की, व्यवसायी

    काठमाडौं । नेपालमा लगानीको पर्याप्त सम्भावना रहेतापनि यहाँको राजनीतिक अस्थीरता र सरकारको लगानीमैत्री वातावरण बन्न नसक्दा नेपालले लगानीकर्तालाई आकर्षित गर्न नसकिएको देखिन्छ ।

    विदेशी लगानीकर्तासँगै गैरआवासीय नेपाली संघ (एनआरएन) का प्रतिनिधिहरुले पनि विगतदेखि नै गुनासोको विषय बन्दै आएको छ, लगानी गर्न ईच्छुक भएतापनि लगानीमैत्री वातावरण भएन ।

    यस्तै गुनासो सुनाउँछन् ज्ञानेन्द्र पनि । ज्ञानेन्द्र कार्की ती व्यक्ति हुन्, जो लामो समयदेखि अष्टे्रलियामा रहेर विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । उनले विगत लामो समयदेखि आफ्नै उद्यममा संलग्न रहेर विभिन्न खालका लियर/ट्रेड व्यापारमा प्रतिष्ठा कमाएका छन् । देश बाहिर व्यापारीक गतिविधिहरुमा लामो अनुभव बटुलेका कार्की आफ्नो जन्मभूमिलाई आर्थिक समृद्ध भएको हेर्न चाहन्छन् । देशको आर्थिक अभियानमा सहयात्रा एवं हातेमालो गर्न उनी इच्छुक छन् ।

    ‘नेपाल सरकारले विशेष प्याकेजसहितको आर्थिक नीति ल्यानसक्नुपर्छ, हामी नेपाल समृद्ध भएको र त्यसमा सहकार्य गर्न तयार छौँ’ उनले भने । नेपालमा काम गर्ने वातावरण निर्माण गरिएको खण्डमा आफू र आफूजस्ता प्रशस्तै लगानीकर्ताहरुलाई देशमा भित्र्याउन सकिने सम्भावना कार्कीले देखेको बताउँछन् ।

    उद्योगपति कार्कीले भने, ‘देशमा लगानीकर्ता भित्र्याउन लगानीमैत्री वातावरण बनाउनुपर्छ, यहाँ प्रचुर आर्थिक सम्भावना मैले देखेको छु’
    नेपालमा संयुक्त लगानी प्रणाली एफडिआई अन्तर्गत नयाँ आर्थिक रणनीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्ने कार्की सरकारले लगानीको सुरक्षाको प्रत्याभूती गराउने खालको नीति अवलम्बन गर्नुपर्ने सुझाव दिन्छन् । उनले भने, ‘लगानीको प्रतिफलको सुनिश्चितता गराउनुपर्छ, त्यो नीति अख्तियार गर्ने र एफडिआईमा केही त्रुटी छन्, सच्याउनुपर्छ ।’

    नेपालमा कृषि, पर्यटन, उर्जा, जडिबुटी लगायतका क्षेत्रमा लगानी गरेर देशको बढ्दो बेरोजगारी र यूवा पलायनको स्थितीलाई अन्त्य गर्न सकिने बताउँदै कार्कीले गैरआवासीय नेपालीहरुसँग पूँजी रहेको र यसको परिचालन गर्ने सहज एवं सुविधायूक्त नीति निर्माण तहमा रहेका राज्यका निकायलाई विशेष अनुरोध गरेका छन् । ‘नेपाललाई आर्थिक क्रान्ति गरेर समृद्ध बनाउने एउटै विकल्प छ, एनआरएनलाई भित्र्याउनुपर्छ, हामी लगानी गर्न सक्षम छौँ ।’

    देशमा साँचो अर्थमा आर्थिक क्रान्ति गर्ने हो भने सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने उनको भनाई छ । नेपाल वर्षौंदेखि वैदेशिक ऋण, अनुदान र यूवा शक्तिको विदेशमा बगाएको पसिनाले पठाएको रेमिटेन्सबाट जेनतेन चलेको बताउँदै यस्तो अवस्थामा नेपाल रहिरहनु दूर्भाग्यपूर्ण भएको कार्की बताउँछन् ।

    प्राकृतिक स्रोत साधनले अपार सम्भावना बोकेको नेपाललाई एक÷डेढ दशक भित्रै समुन्नत र सुखी एवं समृद्धशाली मूलुकमा परिणत गराउन सकिने आफूसँग आर्थिक सुधार र समृद्धिको दीर्घकालीन योजना रहेको सुनाउँदै उनले नेपाल सरकारसँग छलफल गर्ने वातावरण तय गरिदिन माग समेत गरे ।

    विमानस्थलमा पुगेदेखि नै आफूलाई वर्षौंदेखि आर्थिक सामाजिक विकासले पछाडि परेको देशमा पुगेको आभाष हुने गरेको बताउँदै उनले सडक सुरक्षा, ट्राफिक व्यवस्था, धुलाम्य सडक र हरेक क्षेत्रमा अस्तव्यस्त अनि नाजुक अवस्था रहेको महसुस गर्दै आएको उद्योगपति कार्की भन्छन् ।राजनीतिक रुपमा आफू यहाँको नागरिकको हैसियतमा नरहेतापनि सामाजिक र आर्थिक रुपमा कनेक्ट एनआरएन र बिल्ड नेपाल अभियानबाट अभियान्ताका रुपमा यो देशको आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने पक्षमा रहेको उनले बताए ।

    कार्कीसंगको पुरा भिडियो कुराकानी 

    सीमित व्यक्तिहरुको हातमा नेपालको अर्थतन्त्र रहेको बताउँदै सबैलाई समान आर्थिक गतिविधिहरुमा सहभागिता बढाउन आवश्यकता टड्कारो रुपमा रहको उनी बताउँछन् ।

    आफूले सिकेको सीप, ज्ञान र पूँजीलाई देशको विकास र समृद्धिको लागी लगाउन ईच्छुक रहेको र त्यसका लागि आवश्यक वातावरण मिलाईदिन नेपाल सरकारसँग उनले विनम्रताका साथ अनुरोध गरेका छन् ।

    अष्ट्रेलियास्थित नेपाली विद्यार्थीहरुलाई निश्चित योग्यताको मापदण्डको आधारमा उद्योगपति कार्कीले आफैँले सञ्चालन गरिरहेको सारथी फाउण्डेसनमार्फत वार्षिक २० जनालाई सीप सिक्नका लागि प्रतिव्यक्ति पाँच हजार डलरका दरले फण्ड उपलब्ध गराएर सहयोग गर्दै आएका छन् ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend