logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • गर्भवती भएको हल्ला भएपछि अभिनेत्री नीताले भनिन् – जीवनमा नकारात्मक प्रभाव पार्‍यो

    गर्भवती भएको हल्ला भएपछि अभिनेत्री नीताले भनिन् – जीवनमा नकारात्मक प्रभाव पार्‍यो

    6.1K
    Shares
    गर्भवती भएको हल्ला भएपछि अभिनेत्री नीताले भनिन् – जीवनमा नकारात्मक प्रभाव पार्‍यो

    काठमाडौँ । अभिनेत्री नीता ढुंगाना यतिबेला गर्भवती भएको हल्लाका कारण चर्चामा छिन् । केही दिनयता उनी गर्भवती भएको हल्ला सामाजिक सञ्जालमा आइरहेका छ ।

    केही दिन अगाडि आफू अभिनीत म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा आफ्नो सृजना पनि जन्माएको सन्तान जस्तै भएको अभिव्यक्ति दिएकी थिइन् । यही कुरोलाई पत्रकारले बङ्ग्याको भन्दै उनले सामाजिक सञ्जाल मार्फत गुनासो गर्दै समाचारले आफ्नो जीवनमा नकारात्मक प्रभाव पारेको बताएकी छन् ।

    म्युजिक भिडियोमा गरेको अभिनयलाई लिएर युट्युबरले वास्तविक जीवनमा नै प्रेग्नेन्ट बनाएको भन्दै हल्ला फैलाएपछि यसप्रति नीता असन्तुष्ट सुनिएकी हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कलाकार भएपछी विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जीवनमा त्यस्ता घटना भएको भन्ने आशय दिने भ्रामक हेडलाइन राख्ने र साना ठूला सामाजिक सञ्जाल सञ्चालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता क्रियाकलापले धेरै कलाकारको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रति मेरो घोर भर्त्सना छ । बिहीबार मात्र म अभिनीत मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसंँग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जीवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता क्रियाकलाप प्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाँहान्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend