काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको छ । मुस्तफा कमल स्टेडियम ढाकामा भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतकी शिलजी शाजीले ह्याट्रिक गरिन् ।
खेलको १० औं मिनेटमा उनले पहिलो गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएकी हुन् ।
नेपालका लागि बर्षा ओलीले ५४ औं मिनेटमा गरेको गोल नै नेपालको लागि एक मात्र गोल बन्यो ।
खेलको ८१ औं मिनेटमा पुन शिलजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित सुनिश्चित गराइन् ।