logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज मतदान

    सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज मतदान

    3.4K
    Shares
    सुदूरपश्चिम विश्वविद्यालयको १० क्याम्पसमा आज मतदान

    धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज मतदान हुँदैछ ।

    विश्वविद्यालयको अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु नेतृत्वका लागि मतदान हुन लागेको हो ।

    स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेको थिएन।

    केन्द्रीय क्याम्पसले आगामी २१ गते निर्वाचनको नयाँ मिति तय गरे पनि अन्य ४ क्याम्पसमा भने निर्वाचनको मिति अझै तय हुन सकेको छैन । बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि विद्यार्थी संगठन र क्याम्पस प्रशासन अझै छलफलमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend