logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मर्ज भएका सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि

    मर्ज भएका सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि

    3.6K
    Shares
    मर्ज भएका सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि

    काठमाडौं । मर्जरमा गएका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले आज चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् ।

    दुई कम्पनीबीच मर्जर सम्पन्न भएकाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो । कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा छ ।

    सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जर हुने अन्तिम दिनसम्म कायम सबै सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा रिलायन्स लाइफले सकार्ने गरी फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो ।

    यी दुई कम्पनी १ः१ को स्वाप रेसियोमा मर्जरमा गएका थिए ।

    मर्जर अघिसम्म रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब रुपैयाँ थियो । मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend