logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • चलचित्र ‘जारी’ को ट्रेलर सार्वजनिक

    चलचित्र ‘जारी’ को ट्रेलर सार्वजनिक

    3.1K
    Shares
    चलचित्र ‘जारी’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र जारीको ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमीच ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र लिम्बू समुदायमाथि बनेको छ ।

    ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले विभिन्न समुदाय सम्बन्धी चलचित्रले आफूलाई धेरै मनोविज्ञान जानकारी भएको बताए । उनले समुदायको भावना र मर्म बुझ्न चलचित्र अभिनय गर्दा सहयोग पुगेको बताए । उनले चलचित्रमा श्रीमान र श्रीमतीको सम्बन्ध बिग्रिएपछि नयाँ सम्बन्ध बनाएर अघि बढ्न सकिँदो रहछ भन्ने लागेको बताए । त्यस्तै अभिनेत्री मिरुना मगरले फिल्मप्रति आफ्नो व्यक्तिगत लगाव रहेको र भोग्दै आएको कथावस्तुमा अभिनय गर्न पाएँदा खुशी लागेको बताइन् । उनले चलचित्रको कथा लिम्बू समुदाय बाहेकका समुदायमा पनि सान्दर्भिक रहेको बताइन् । त्यस्तै चलचत्रि निर्देशक उपेन्द्र सुब्बाले लिम्बू समुदायमा जारी भनेको छोरीचेलीहरुको विवाह भइसकेपछि पनि श्रीमानद्वारा पीडित भएभने स्वेच्छाले अर्को जीवनसाथी रोज्न पाउने चलनका रुपमा रहेको बताए ।

    फिल्ममा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकाकरको अभिनय रहेको छ । चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको हो । फिल्मको कथावस्तुको निर्देशन एवं लेखन उपेन्द्र सुब्बाले गरेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend