logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • फिफा बरियतामा सुधारः महिला फुटबल टोली तीन अंक उक्लिदै सयौं स्थानमा

    फिफा बरियतामा सुधारः महिला फुटबल टोली तीन अंक उक्लिदै सयौं स्थानमा

    1.6K
    Shares
    फिफा बरियतामा सुधारः महिला फुटबल टोली तीन अंक उक्लिदै सयौं स्थानमा

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको फिफा बरियतामा सुधार भएको छ ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार जारी गरेको बरियतामा नेपाली टोलीले तीन स्थान सुधार गरेको हो ।

    यसअघिको बरियतामा १ सय तीन स्थानमा रहेको नेपाल त्यसमा तीन अंक सुधार गदैै सयौं स्थानमा आईपुगेको छ ।

    गत महिना नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेलपछि भएको फिफा बरियतामा नेपालको सुधार गर्न सफल भएको हो । नेपाल र भारतबीच गत फागुन ३ गते पहिलो मैत्रीपूर्ण खेलमा २–२ र दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएका कारण बरियतामा सुधार ल्याउन सफल भएको हो । ओलम्पिक छनोटको तयारीका क्रममा प्रशिक्षण रहेको नेपाली टोलीलाई यस बरियता सुधारले उत्साह थपिदिएको छ ।

    महिला फुटबलमा छिमेकी भारत भने नेपाल भन्दा ३९ अंक अगाडी अर्थात यस अघि कै यथास्थान ६१ औं स्थानमा छ भने दक्षिण एसियाका अन्य देश भने नेपाल भन्दा पछाडी परेका छन । जसअनुसार बंगलादेश १ सय ४० औं, श्रीलंका १ सय ५५ औं, माल्दिभ्स १ सय ५९ औं, पाकिस्तान १ सय ६१ औं र भुटान १ सय ७८ औं स्थानमा छन् ।

    महिला फिफा बरियतामा अमेरिका शीर्षस्थानमा रहदा जर्मनी दोस्रो, स्विडेन तेस्रो, इङ्ल्यान्ड चौथो र फ्रान्स पाँचौं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend