logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु

    धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु

    2.2K
    Shares
    धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु

    जनकपुरधाम । धनुषामा दुई ट्रक एकापसमा ठोक्किएका छन् । शनिबार बिहान मिथिला नगरपालिका–३ हरिहरपुरमा ट्रक ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १– ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

    उनका अनुसार सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको उपचार ढल्केवर अस्पतालमा भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend