logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पशुपंक्षी सम्बन्धी गुरु योजना संघीयता अनुसार बनाउनुपर्छः कृषि सचिव डा. शर्मा

    पशुपंक्षी सम्बन्धी गुरु योजना संघीयता अनुसार बनाउनुपर्छः कृषि सचिव डा. शर्मा

    1.8K
    Shares
    पशुपंक्षी सम्बन्धी गुरु योजना संघीयता अनुसार बनाउनुपर्छः कृषि सचिव डा. शर्मा

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयताका आधारमा नेपाल पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताएका छन् । आईतवार कृषि मन्त्रालयले शुरु गरेको दुई दिने नेपाल पशुधन गुरु योजना छलफल कार्यक्रममा बोल्दै गुरु योजना बनाउँदा कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयता अनुसार पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताएका हुन् ।

    उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा गएको अवस्थामा कृषि र पशुपालन तर्फका विकास र प्रवद्र्धनात्मक गतिविधिहरुका धेरै जिम्मेवारीहरु प्रदेश,स्थानीय तहको मातहतमा गएको बताए । सचिव डा.शर्माले संघको जिम्मेवारी भनेको राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय र अन्तरप्रदेश समन्वय गर्ने भएको बताए । उनले त्यसमा कानूनी रुपमा भए/नभएको हेर्न अधिकार संघलाई रहेको पनि बताए । नेपाल पशुधन गुरु योजना बनाउँदा अन्य मुलुकको नक्कल गर्ने भन्दापनि वास्तविकतामा आधारित भएर बन्नुपर्ने बताए ।

    उनले नेपालमा पालन हुने पशुपंक्षक्षीहरु दक्षिणतर्फ उन्मुख भएको भन्दै सबैलाई सम्मान हुने खालको बनाउन नहुने बताए । उनले गुरु योजना बनाउँदा माछा,मासु,दुध र अण्डा विशेष किसिमका उत्पादन भएको भन्दै यी उत्पादनलाई केन्द्रबिन्दुमा राखेर योजना बनाउनु पर्ने आवश्यकता रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend