
सुनौलो नेपाल/ मङ्सिर ६ पोखरा – कास्की क्षेत्र नं २ मा हुने उप निर्वाचनका लागी शनिबार राष्ट्रिय युवा संघले पोखरामा बिशाल र्याली सहित जनसभा गर्ने भएको छ ।
पोखरा महानगरपालिकाका ११ वटै वडामा मोटरसाइकल र्याली सहित मार्च पास गरेर रबिन्द्र अधिकारीको जन्मभुमि तथा बिद्या भट्टराईको निर्वाचन क्षेत्र समेत रहेको भरतपोखरीमा बिशाल जनसभामा परिणत गर्ने कार्यक्रम रहेको छ ।
जनसभालाई तत्कालीन युवा संघका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय युवासंघ चुनाव प्रसारप्रसार उपसमितिका संयोजक किरण पौडेल सहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
केहि दिन देखी नै नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई जिताउन राष्ट्रिय युवासंघ नेपालको टोली कास्कीको चुनावी मैदानमा उत्रिएको थियो ।
मंसीर १४ मा हुने उप चुनावको लागी भट्टराईको पक्षमा माहोल बनाउन राष्ट्रिय युवासंघ चुनाव प्रसारप्रसार उपसमितिका संयोजक किरण पौडेल केन्द्रिय नेताहरू माधव बास्तोला, मदन भण्डारी, प्रकाश लामिछाने सहितको टोलीले यतिबेला पोखरामा घरदैलो अभियान चलाइरहेको छ।
मंगलबार पोखरा पुगेको टोलीले राष्ट्रिय युवासंघ कास्कीका संयोजक भोजराज पौडेललाई निर्वाचन सामग्री हस्तान्तरण गरेर अभियान शुरु गरेका थियोे ।
१४ गते हुने प्रतिनिधि सभाको उप निर्वाचनमा कास्कीमा नेकपाकि उम्मेद्बार विद्या भट्टराईसंगै ५१ जना चुनावी प्रतिस्पर्धामा छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend