logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • फौंजदारी न्यायको सिद्धान्त अन्तरर्गत रहेर संक्रमणकालीन न्यायलाई टुंगोमा पर्‍याउने कुरा कल्पना पनि गर्न सकिदैन : शक्ति बस्नेत

    फौंजदारी न्यायको सिद्धान्त अन्तरर्गत रहेर संक्रमणकालीन न्यायलाई टुंगोमा पर्‍याउने कुरा कल्पना पनि गर्न सकिदैन : शक्ति बस्नेत

    1.8K
    Shares
    फौंजदारी न्यायको सिद्धान्त अन्तरर्गत रहेर संक्रमणकालीन न्यायलाई टुंगोमा पर्‍याउने कुरा कल्पना पनि गर्न सकिदैन : शक्ति बस्नेत

    काठमाडौं । फौंजदारी न्यायको सिद्धान्त अन्तरगत रहेर संक्रमणकालीन न्यायलाई टुंगोमा पर्‍याउने कुरा कल्पना पनि गर्न नसकिने सत्तारुढ नेकपा (माओवादी केन्द्र) उपमहासचिव शक्तिबहादुर बस्नेतले बताएका छन् । उपमहासचिव बस्नेतले विस्तृत शान्ति सम्झौंता, नेपालको अन्तरिम संविधान र नेपालको संविधानले संक्रमणकालीन न्यायको सिद्धान्त अन्तरगत मात्रै सो समस्याको समाधान गर्न सकिने विशिष्ट व्यवस्था गरेको र सरकारले सोही व्यवस्था अनुसार त्यो समस्याको समाधान हुने गरी कानुन निर्माण गर्न चाहेको पनि स्पष्ट पारे ।

    आईतबार प्रतिनिधिसभा बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” माथिको छलफलमा भाग लिँदै उनले पीडितलाई न्याय दिने, परिपुरणको व्यवस्था गर्ने र फेरी मुलुकमा द्वन्द्व आउन नदिने गरी संक्रमणकालीन न्यायलाई टुंगोमा पर्‍याउन सरकार अघि बढिरहेको पनि बताए । विधेयकमा शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा नगर्ने कुरा कहीँ पनि नगरेकाले सबै राजनीतिक पार्टीहरुले त्यसलाई छिटो पारित गर्नुपर्ने उपमहासचिव बस्नेतले भनाई थियो ।

    उनले भने, ‘फौजदारी न्यायको सिद्धान्त अनुसार होइन, संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार यसको कानुनी व्यवस्था, संस्थागत व्यवस्था, आयोगहरु छन, विशेष अदालतहरु छन । त्यो प्रक्रियाबाट यो अगाडि बढने एउटा विशिष्ट प्रक्रिया छ । विशिष्ट विधि छ । त्यो विधिद्वारा यो समस्याको समाधान गर्ने एउटा कानुनी व्यवस्थाको लागि यो विधेयक, जो प्रस्तुत भएको छ । यसले समस्यालाई थाति राख्ने कुरा कहीँ पनि गरेको छैन । यसले समाधान नगर्ने कुरा कहीँ पनि गरेको छैन । यसले पीडितहरुलाई न्याय नदिने कुरा कहीँ पनि गरेको छैन । कुरा यति हो । कतिपय साथीहरुले यसलाई फौजदारी न्यायको सिद्धान्त अन्तरगत समाधानको परिकल्पना गर्नु भएको छ । समाधानका वकालत गरिरहनु भएको छ । विस्तृत शान्ति सम्झौंताले त्यो भन्दैन । विस्तृत शान्ति सम्झौताले यसलाई संक्रमणकालीन न्यायको सिद्धान्त अन्तरगत समाधान गर्ने कुरा गर्दछ । यसलाई हिजो अन्तरिम संविधानले आफ्नो अंग बनायो । वर्तमान संविधानले पनि त्यसलाई आफ्नो अंग बनाएको छ । त्यही संक्रमणकालीन न्यायको सिद्धान्त अन्तरगत हामी यो समस्या समाधान गर्न चाहन्छौं ।’

    उपमहासचिव बस्नेतले संक्रमणकालीन न्यायको सिद्धान्त अन्तरगत नै संक्रमणकालीन न्याय दिनु नेपालको संविधान र विस्तृत शान्ति सम्झौंता बमोजिम हुने दावी समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend