धनगढी। ए डिभिजन क्लब थ्रीस्टार सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आइतबार भएको क्वार्टरफाइनल खेलमा १–० गोल अन्तरले फ्रेन्डस् क्लबलाई पराजित गरी थ्रीस्टार सिधै अन्तिम चारमा पुगेको हो।
प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका दीपेश गुरुङले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनी प्लेयर अफ द म्याच घोषित भए। थ्रीस्टारले फाइनल प्रवेशका लागि अब आयोजक सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीच हुने अर्को क्वार्टरफाइनल खेलका विजेताको सामना गर्नेछ।
प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपियाँसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend