काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोप सम्बन्धी मुद्दाको फैसलाका लागि काठमाडौं जिल्ला अदालतले आज पेशी तोकेको छ ।
कुनै पक्षले स्थगित नगरेको अवस्थामा सुनुवाइको सम्भावना रहने छ। गत भदौमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो।
काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend