logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • सुनकाे मूल्य तोलाको एक लाख नौ हजार

    सुनकाे मूल्य तोलाको एक लाख नौ हजार

    1.7K
    Shares
    सुनकाे मूल्य तोलाको एक लाख नौ हजार

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य  एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला दुई सयले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख आठ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार तीन सय ६० मा आएको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend