logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    विवादास्पद न्यायिक सुधार न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न इजरायली राष्ट्रपतिको आग्रह

    विवादास्पद न्यायिक सुधार न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न इजरायली राष्ट्रपतिको आग्रह

    1.7K
    Shares
    विवादास्पद न्यायिक सुधार न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न इजरायली राष्ट्रपतिको आग्रह

    एजेन्सी । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सोमबार सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गरेका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्ना रक्षामन्त्रीलाई बर्खास्त गरेको एक दिनपछि तेल अभिभमा रातारात ठूलो प्रदर्शन भएको छ । प्रदर्शनपछि हर्जोगले ट्वीटरमा सरकारको विवादास्पद न्यायिक सुधार कार्यक्रम तत्काल रोक्न आह्वान गरेका हुन् । प्रदर्शनकारीहरूले सुधार परियोजनाले इजरायलको लोकतन्त्रलाई खतरामा पारेको बताएका छन् ।

    नेतन्याहूको सुधार कार्यक्रमले अदालतमाथि राजनीतिज्ञहरूको शक्ति बढाउन भन्दै आलोचकहरूले यो लोकतन्त्रका लागि खतरा भएको तर्क गरेका छन् ।

    संयुक्त राज्य अमेरिका र जर्मनीका नेताहरूसहित इजरायलका केही विदेशी सहयोगीहरूले विवादास्पद सुधारको बारेमा चिन्ता व्यक्त गरे तापनि बेलायत यस विषयमा मौन छ ।

    नेतन्याहूले बेलायतको दुई दिने भ्रमण सकी स्वदेश फर्केपछि राष्ट्रपतिको यो प्रतिक्रिया आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend