logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मनाङमा नागरिक सुनुवाइ कार्यक्रम

    मनाङमा नागरिक सुनुवाइ कार्यक्रम

    1.8K
    Shares
    मनाङमा नागरिक सुनुवाइ कार्यक्रम

    मनाङ । हिमाली जिल्ला मनाङमा नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका–१ तालमा समुदायमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय गराउन मद्दत पुग्ने बताए । नागरिक र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउन कार्यक्रम गरिएको उनले उल्लेख गरे ।

    प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले समुदाय र प्रहरीबीच सम्बन्ध एकापसमा जोडिएकाले नागरिकलाई सचेत गराउन तथा समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । यसबाट सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

    ताल आमा समूहका अध्यक्ष कान्छी गुरुङले मनाङलाई पक्की सडकसित जोड्नपर्ने उल्लेख गर्दै गत वर्ष बाढीबाट पुगेको क्षतिको राहतका लागि पहल गर्न आग्रह गरिन् । ज्येष्ठ नागरिक आशबहादुर गुरुङले बाटो तथा पुल बनाउनुपर्ने र गाडीमा यात्रा गर्दा ज्येष्ठ नागरिकलाई सिटको व्यवस्था भए/नभएको नियमितरुपमा निगरानी गर्नुपर्नेमा जोड दिए ।

    स्थानीय सिंहबहादुर गुरुङ, राजन गुरुङ र ललिता गुरुङले घरेलु हिंसा, झैझगडालगायत समस्या समाधानका लागि पहल गर्न सुझाव दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend