logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • सरकारले रंगमञ्चलाई वास्ता गरेन : अभिनेता खनाल

    सरकारले रंगमञ्चलाई वास्ता गरेन : अभिनेता खनाल

    1.1K
    SHARES
    सरकारले रंगमञ्चलाई वास्ता गरेन : अभिनेता खनाल

    काठमाडौं । आज ६२ औं रंगमञ्च दिवस मनाइएको छ । सोमवार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरु गरी रंगमञ्च दिवस मनाइएको हो ।


    एसेवा


    कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औं वर्ष भएपनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद् रहेको बताए । उनले अझैसम्म पनि रंगकर्मीहरुले श्रमीकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद् रहेको बताए । अभिनेता खनालले सरकारले रंगकर्मीहरुलाई बेवास्ता गरेको आरोप लगाए ।

    उनले भने, ‘हामी ६२ औं रंगमञ्च दिवस मनाइरहेका रहेछौँ तरपनि हाम्रो स्थिति त्रिपालमुनी नै रहेछ, दयनिय नै रहेछ, श्रमीकको दर्जा दिइयोस् भन्ने आवाज ६२ वर्षपछि पनि उठाउनुपर्ने अवस्था रहेछ ।’

    कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन् । उनले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गरिन् ।

    उनले भनिन् ‘हामीलाई आफ्नै एउटा भवन भएको भए झनै राम्रो काम गर्नसक्ने थियौँ । हामीले अन्त गएर हल लिनुपर्ने थिएन, त्यसको लागि माग त गरेका छौँ, बजेटमा राख्न आग्रह गरेको छु । हामीले बजेट आयो भने सानो एउटा हल बनाएर कार्यक्रम गर्ने सोच छ ।’

    अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र बिस्तार गर्नुपर्ने बताइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend