logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक हो : सभामुख घिमिरे

    नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक हो : सभामुख घिमिरे

    3K
    Shares
    नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक हो : सभामुख घिमिरे

     

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन् । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो काममा लागि योगदान पर्‍याउने नेपाल नेत्रज्योति संघ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार पनि व्यक्त गरे ।

    उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्न पनि नेपाल नेत्रज्योति संघलाई आग्रह गरे । संघले नेपालको दूरदराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै सभामुख घिमिरेले सो कामका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालमा आँखा उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

    सभामुख घिमिरेले भने, ‘नेपाल नेत्रज्योति संघले अव केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारहरुसँग सहकार्य गरेर नेपाल आँखा उपचारको एउटा पर्यटन गन्तव्यको रुपबाट यसलाई विकास गर्ने लक्ष्य राखेको मैले थाहा पाएको छु । अहिले पनि नेपाल विश्वमै आँखा उपचारको प्रभावकारी मुलुक भित्रको रुपबाट चर्चित हुने कुरा, यसमा योगदान गर्नुहुने यसमा सहभागी मित्रहरु र खासगरी यसको स्थापना गर्ने देखि लिएर हालसम्मका नेतृत्वहरु यसको प्रेरणाको स्रोत रहनु भएको छ । नेत्रज्याति संघले गरेको इमान्दार प्रयत्नहरु र यसले जनताको सेवा खासगरीकन अन्धोपनलाई हटाएर उज्यालो छाउनका लागि गरेको योगदानप्रतिको विश्वासको कारणले गर्दाखेरी यसले दिन प्रतिदिन प्रगति गर्दै गईरहेको छ । यसलाईं जसरी बुझेर जानुपर्ने हो, त्यो कुराको अझै पनि अभाव छ । यस क्षेत्रको धेरै ठूलो योगदान गरेका धेरै विशिष्ट व्यक्तिहरु हुनुहुन्छ । विज्ञहरु हुनुहुन्छ । र, डाक्टरहरु हुनुहुन्छ । तपाईहरुको अगाडि आज मलाई प्रमुख अतिथिको बोलाई रहँदाखेरी के कुरा राख्न चाहन्छु भने मेरो ठाउँबाट मैले सक्ने सहयोगहरु गर्न म जहिले पनि तयार छु ।’

    त्यस अवसरमा सभामुख घिमिरेले गरिव जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य प्राप्तीमा नेत्रज्योति संघलाई सफलता मिलोस भनि कामना समेत गरे । कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई सम्मान पनि गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend