logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • सूर्य नेपाल च्यालेन्ज मंगलवारदेखि हुने

    सूर्य नेपाल च्यालेन्ज मंगलवारदेखि हुने

    1.7K
    SHARES
    सूर्य नेपाल च्यालेन्ज मंगलवारदेखि हुने

    काठमाडौं । प्रोफेसनल गल्फर एशोसिएशनको आयोजनामा हुन लागको सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलवारदेखि हुने भएको छ । काठमाडौंमा सोमवार प्रोफेसनल गल्फर एशोसिएशनले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलवारबाट शुक्रवारसम्म आयोजना हुने जनाएको हो । रोयल नेपाल गल्फ क्लवमा हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ ।


    एसेवा


    प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी कुल ३८ खेलाडीले सहभागिता जनाउने संघका महासचिव दीपक आचार्यले बताए । प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवी खड्का, राम मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडीले सहभागिता जनाउनेछन् । नेपालका नम्बर एक शुक्र राईले भने भारतमा रहेको कारण प्रतियोगिता गुमाउने छन् ।

    प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी तेस्रोदेखि दशौं स्थान हासिल गर्नेले क्रमशः ४६, ३८, ३४, ३०, २७, २४, २२ र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend