logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ललितपुर मेयर्स कप : आयोजक ललितपुर बाहिरियो

    ललितपुर मेयर्स कप : आयोजक ललितपुर बाहिरियो

    1.5K
    Shares
    ललितपुर मेयर्स कप : आयोजक ललितपुर बाहिरियो

    ललितपुर । ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मधेसले ललितपुरलाई १ विकेटले पराजित गरेसँगै बाहिरिएको हो । ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेसले १९.२ बलमा ९ विकेट गुमाएर पूरा गर्दा मधेसले रोमाञ्चक जित निकालेको हो ।

    मधेसका लागि सरस्वती चौधरीले ३२ रन बनाइन् । ओपनर अलिशा यादवले सर्वाधिक १६ रन बनाइन् । सिमा कँुवरले १५ रन बनाईन । ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २/२ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले समान १/१ विकेट लिइन् ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो । ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाउँदा सोनीले ४३ बलमा ३ चौकाको सहयोगमा ३४ रनको पारी खेलिन् । लक्ष्मी चौधरीले २७ बलमा २३ रन बनाउँदा श्रृष्टि जैशीले अविजित १५ रन बनाइन् । मधेसका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १/१ विकेट लिइन् ।

    प्रतियोगिता अन्तर्गत सोमवार नै भएको अर्को खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित ग¥यो । सुदूरपश्चिमले दिएको ८३ रनको लक्ष्य कोशीले १५.३ ओभरमा १ विकेट गुमाएर भेटाएको हो । जवाफी ब्याटिङ गर्ने क्रममा काजल श्रेष्ठले अविजित ४० तथा अप्सरी बेगमले अविजित ४ रनको पारी खेले । यसअघि कप्तान रुबिना क्षेत्रीले २८ रनको योगदान गरेकी थिइन् । एक मात्र विकेट कवित जोशीले लिइन् ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.५ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कप्तान बिन्दु रावलले ३० रन बनाउँदा सम्झना खड्काले १६ तथा रितु कनोजियाले १३ रनको पारी खेलिन् । सुदूरपश्चिमका पाँच खेलाडी शुन्यमा पवेलियन फर्किएका थिए । बलिङतर्फ रुबिना क्षेत्री र अप्सरी बेगमले समान ३/३ विकेट लिए । ज्योती दनुवारले १ विकेट निकालिन् । प्रतियोगितामा मंगलवार एपिएफ क्लव र ललितपुर मेयर्स–११ तथा कोशी र मधेस प्रदेशबीच खेल हुनेछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend