दिवश भण्डारी/काठमाडौं ।
प्रमुख सत्तासाँझेदार दल नेपाली काँग्रेसबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको करिब–करिब टुंगो लागेको छ । सोमबार तीन दलका शीर्षस्थ नेताहरुबीचको छलफलसँगै काँग्रेसबाट सरकारमा प्रतिनिधित्वको खाका तय भएको हो ।
उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा ७ मन्त्री र १ राज्यमन्त्रीसहित नेपाली काँग्रेस सरकारमा सहभागि हुने भएको छ । उच्चस्तरिय राजनीतिकस्रोतले दिएको जानकारी अनुसार उपसभापति खड्काले रक्षा मन्त्रालय, काँग्रेस प्रवक्ता प्रकाशसरण महतले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा उपसभापति धनराज गुरुङलाई पठाउने काँग्रेसले तयारी गरिरहेको छ ।
अन्य चार मन्त्री र एक राज्यमन्त्रीमा भने कसलाई पठाउने भन्ने विषयमा टुंगो लागिसकेको छैन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलवारसम्म सरकारलाई पूर्णता दिने स्रोतको दावी छ ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend