logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • ओलम्पिक छनोटको खेल नेपालमा हुने

    ओलम्पिक छनोटको खेल नेपालमा हुने

    1.2K
    SHARES
    ओलम्पिक छनोटको खेल नेपालमा हुने

    काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ ।


    एसेवा


    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

    उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ । एशियाली राष्ट्रलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । नेपालमा आयोजना हुने पहिलो चरणको खेल यही चैत २२ र २५ गते दशरथ रङ्शालामा हुनेछ ।

    खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ तीन सय र भिआइपी प्यारापिटतर्फ एक हजार कायम गरिएको एन्फाले जनाएको छ । उक्त प्रतियोगिताका लागि करिब ४३ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend