काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले मिटरब्याज पीडितहरुको आन्दोलनको अन्त्य गरी पीडतलाई न्याय दिलाउनका लागि सदनको ठोस निर्देशन हुनुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले मिटरब्याजीहरुले कानूनको ठाडो उल्लंघन गरेका भन्दै आवश्यक कारबाही नगरेमा अपराध झन बढ्ने बताए ।