logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न ध्यानाकर्षण

    दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न ध्यानाकर्षण

    1.3K
    Shares
    दयाराम परियार घटनाका दोषीलाई कारबाही गर्न ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन जनकपुर सम्पर्क कार्यालयमा कार्यरत कर्मचारी दयाराम परियारको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको १७ औँ स्मृतिमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

    परियारको जनआन्दोलन २०६२/६३ को क्रममा जनकपुरको जनकचोकमा २०६२ चैत १२ गते सुरक्षाकर्मीको गोली लागी उपचारको क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चैत १५ गते निधन भएको थियो । आयोगका अध्यक्ष तपबहादुर मगरले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले हरसम्भव प्रयास गर्ने बताए ।

    स्व परियारका दाजु प्रकाशचन्द्र परियारले भाइको निधनले मानवअधिकारको क्षेत्रमा क्रियाशील सिङ्गो समुदाय नै जोखिममा रहेको प्रतिविम्बित गरेको र १७ औँ वर्ष पुगिसक्दासमेत न्याय प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरे। उनले उक्त घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगको ध्यानाकर्षणसमेत गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend