मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

मेडिकल माफियालाई सरकारको २४ घन्टे अल्टिमेटम !

मेडिकल माफियालाई सरकारको २४ घन्टे अल्टिमेटम !

सरकारले गैरकानुनी रूपमा शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकलाई मंसिर ११ गतेदेखि कारबाही थाल्ने भएको छ।सोमबार गृह मन्त्रालयमा बसेको बैठकले शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजहरूलाई कारबाही थाल्ने निर्णय गरेको हो।विद्यार्थीबाट गैरकानुनी रूपमा उठाइएको शुल्क फिर्ता गर्न यसअघि शिक्षा मन्त्रालयले पन्ध्र दिनको समय दिएको थियो।

१४ दिनसम्म पनि मेडिकल कलेजले शुल्क फिर्ता नगरेपछि गृहमा सोमबार बैठक बसेको हो। बैठकमा मन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत थिए।

बैठकमा भोलिसम्ममा शुल्क फिर्ता नगरे पर्सीदेखि विद्यार्थीले निवेदन दिने र कारबाही थाल्ने विषयमा छलफल भयो,’ गृहका एक अधिकारीलेभने शुल्क फिर्तामा मेडिकल कलेज लचक नभए आक्रामक कारबाहीमा जाने भन्ने पनि छ।

गृह प्रवक्ता केदारनाथ शर्माले मेडिकल कलेजले तोकिएको समयसीमामा शुल्क फिर्ता नगरे कारबाही गर्न देशभरिका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई निर्देशन दिइसकिएको बताए।उजुरी आए तुरुन्त कारबाही गर्ने निर्देशन छ, फिर्ता नभए पर्सीदेखि कडाइसाथ कारबाही अघि बढ्छ उनले भने।चिकित्सा शिक्षा आयोग,शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकहरूबीच पनि सोमबार बैठक बसेको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend