सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित

त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित

काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले हङकङबाट काठमाडौं आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ :४० बजे पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलश थापा क्षेत्रीले नियमित चेकजाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जानकारी दिए।पक्राउ परेका दुबैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend