काठमाडौं । ओम्दिया बाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो नयाँ बर्षलाई लक्षित गरेर “टिसिएल नगदवृष्टिू योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना चैत्र १४, २०७९ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले टिसिएलका कुनै पनि सामानको खरिदमा नगद रु ६१,३०० सम्मको छुट पाउन सक्नेछन भने वाशिङ मेसिन खरिदमा नगद छुटका साथै ६ के।जी। को एरिएल म्याटिक वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन । त्यसै गरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै रु ४,००० बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।
नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।