बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

साग: पुरुष भलिबलको फाइनलमा भारत र पाकिस्तानको भेट पक्का

साग: पुरुष भलिबलको फाइनलमा भारत र पाकिस्तानको भेट पक्का

मंसिर १५ काठमाडौं १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलको फाइनलमा भारत र पाकिस्तानको भेट पक्का भएको छ। दोस्रो सेमिफाइनलमा बंगलादेशलाई पाकिस्तानले हराएसंगै फाइनलमा पाकिस्तान र भारतको भेट हुने पक्का भएको हो।

आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटले पराजित गरेको हो।
पहिलो सेट २५-१५ ले सहज रूपमा जित हात पारेको पाकिस्तान दोस्रो र तेस्रो सेटमा भने केही दबाबमा पर्‍यो। दोस्रो सेटमा २५-२१ ले विजयी हुँदा तेस्रो सेटमा २६-२४ को जित निकालेको हो।

यसअघि श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै भारत फाइनल पुगेको छ। फाइनल खेल मंगलबार हुनेछ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend