
मंसिर १६ काठमाडौं भैरहवा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपालगञ्ज हवाई रुटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि आवश्यक ती दुई रुटबारे भारतको अडानले नेपाललाई दीर्घकालीन असर पर्ने भएकाले रुटका लागि भारतसँग कुटनीतिक पहल आवश्यक भएको विज्ञहरुको धारणा छ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रुटका विषयमा वार्ता भएको थियो । तर पनि यो विषय भारतीय कर्मचारीतन्त्रले ‘भइहाल्छ’ भन्दै नेपाललाई झुलाउँदै गरेको पर्यटन मन्त्रालयकै अधिकारीको धारणा छ। यो समाचार आजको आर्थिक अभियान दैनिकबाट लिइएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend