logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • बालाजु बाइसधारा मेलामा भक्तजनहरु (फोटोफिचर)

    बालाजु बाइसधारा मेलामा भक्तजनहरु (फोटोफिचर)

    4.3K
    Shares
    बालाजु बाइसधारा मेलामा भक्तजनहरु (फोटोफिचर)

    काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । बाइसधारामा मेला चैत शुक्ल पूर्णिमामा लाग्ने गर्दछ । यस दिनदेखि वैशाख स्नान प्रारम्भ हुन्छ ।

    चैत शुक्ल पूर्णिमामा बालाजुको बाइसधारामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् ।

    बालाजुको बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । साथै लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास पनि छ ।

    यही विश्वासका साथ आज बिहानैदेखि बालबालिकादेखि वृद्धवृद्धासम्म बालाजु बाइसधारामा स्नान गर्न पुगेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend