
मंसिर १६ काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएका छन्। उनले अप्रेसन गरी आइसियूमा रहेका प्रधानमन्त्री ओली चाँडो निको हुने विश्वास गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीको उपचारका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।
मोदीले प्रधानमन्त्री केपी ओलीको थप उपचार भारतमा गर्न कूटनीतिक प्रस्ताव गरेका छन्। प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने चर्चा चलिरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले कूटनीतिक च्यानलबाट शनिबार उपचारका प्रस्ताव गरेका हुन्। नेपालको परराष्ट्र मन्त्रालयमा पठाइएको पत्रमा मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य लाभपछि उनीसँग निरन्तर सहकार्य जारी राख्ने सुभेच्छा पनि व्यक्ति गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend