शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

धरानमा भत्कियो नेकपाको किल्ला, काँग्रेसका तिलक राईले मारे बाजी

धरानमा भत्कियो नेकपाको किल्ला, काँग्रेसका तिलक राईले मारे बाजी

मंसिर १६ काठमाडौं धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका तिलक राइले जित दर्ता गरेका छन्। उनले नेकपाका प्रकाश राईलाई हराउँदै मेयर पदमा जित दर्ता गरेका हुन्।

तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए। ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो। राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए।

२०४६ सालपछाडि भएका जस्तोसुकै चुनावमा बामपन्‍थीले जित्दै आएको धरानमा अहिले कांग्रेसले बाजी मारेको हो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट