logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम ५ वर्षका लागि हो : सांसद पाण्डे

    सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम ५ वर्षका लागि हो : सांसद पाण्डे

    2K
    Shares
    सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम ५ वर्षका लागि हो : सांसद पाण्डे

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसा पाण्डेले न्युनतम साझा कार्यक्रम सरकारमा रहेका दलहरुले आफ्नो राजनीतिक विचारअनुसार निर्माण हुने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले न्युनतम साझा कार्यक्रम दलहरुले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरुलाई समेटेर बनाउने दस्ताबेज रहेको उल्लेख गरे । उनले अहिलेको नीति तथा कार्यक्रम ५ वर्ष नै कायम रहने दाबी गरे ।

    उनले भने, ‘न्युनतम साझा कार्यक्रम सरकारमा रहेका दलहरुले आफ्नो राजनीतिक विचारअनुसार निर्वाचनमा जनतासँग गरेका वाचाहरुलाई समेटेर बनाउने दस्ताबेज हो, म यो नीति तथा कार्यक्रम पाँचै वर्ष कायम रहोस् । कायम रहन्छ ।’

    सांसद पाण्डेले वर्तमान सत्ता गठबन्धनले ल्याएको न्युनतम साझा कार्यक्रम ५ वर्षका लागि भएको दाबी गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend