logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्छ : राजेन्द्र पाण्डे

    सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्छ : राजेन्द्र पाण्डे

    1.9K
    Shares
    सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्छ : राजेन्द्र पाण्डे

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराए ।

    उपाध्यक्ष पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मुकदर्शक भएर बस्यो भने संसदको अर्थ नहुनेतर्फ पनि सचेत गराए । उनले भने, ‘संसद जनताको समस्या पोख्ने थलो हो यो । जनताको समस्याका बारेमा यहाँ हामी पोख्छौं । तर सरकार मुकदर्शक भएर बस्यो भने आम जनताको बीचमा त्यो संसदप्रति कस्तो धारणा बन्ला । त्यसैले सभामुख महोदय, म गम्भिरतापूर्वक अव आईन्दा हरेक दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–हरेक दिन एक जना मन्त्रीले आएर आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले यहाँ उठेका प्रश्नहरुको उत्तर दिने खालको परिस्थिति बनोस् । सभामुख महोदयले रुलिङ गरियोस् भन्ने माग गर्दछु ।’

    सांसद पाण्डेले संसदप्रति सरकारलाई जवाफदेही बनाउन पनि मन्त्रीहरुले सांसदहरुले संसदमा उठाएको प्रश्नहरुको अनिवार्य जवाफ दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend