काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकार स्पष्ट गन्तव्यका साथ अगाडी बढ्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले न्युनतम साझा कार्यक्रममार्फत आफ्नो गन्तव्य स्पष्ट गरिसकेको बताए ।
उनले अब सरकारले पनि पूर्णता पाउने बताए । उनले सरकार आफ्नो नीति र कार्यक्रम अनुसार स्पष्ट गन्तव्यका साथ अगाडी बढ्ने बताए ।
उनले भने– ‘अब सरकारले आफ्नो गन्तव्य स्पष्ट गरिसकेपछि सरकारको पूर्णता पाउने कामपनि अब गति लेला नै । उपनिर्वाचन आदी कारणले पनि हुन् केही ढिलाइ हुने त । आफ्नो नीति र कार्यक्रम जुन आएको छ, मलाई लाग्छ अब सरकार स्पष्ट गन्तव्यका साथ अगाडी बढ्छ ।’
उनले संघमा बन्ने कानूनहरु छिटोभन्दा छिटो बनाउनसके प्रदेश र स्थानीय तहमा कानून बन्ने मार्ग प्रशस्त हुने बताए । सरकारले कानून निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको उनको भनाई छ ।